logo

२०८० जेष्ठ २६ शुक्रबार

logo
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ विमोचन

    कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ विमोचन

    14K
    SHARES
    कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ विमोचन

    काठमाडौं । कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका हुन् ।


    एसेवा


    कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर सो कविता संग्रह रचना गरिएको बताईन् । कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उनको भनाई थियो ।

    साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुटने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मनलगायतका शीर्षकहरु रहेको कविताहरु रहेका छन । कवयित्री शर्माको सो कविता संग्रहमा सामाजिक, सांस्कृतिक, नैतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकूलपति उप्रेतीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend