logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • डोटीमा पर्यटन मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास

    डोटीमा पर्यटन मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास

    2.1K
    Shares
    डोटीमा पर्यटन मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास

    डोटी, ४ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गर्नु भएको छ । मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीका लागि पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गर्नु भएको हो ।

    उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गर्नु भएसँगै आज शिलान्यास गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।
    बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपिठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । प्रतेक वर्षको मङसिर महिनामा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend