काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक महिनाको पहिलो आईतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरको निति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले हरेक महिनाको पहिलो आईतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
यस्तै निति तथा कार्यक्रममा ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोला निषेध गर्ने पनि उल्लेख गरिएको छ ।