काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९र०८० को काठमाडौं महानगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले यात्रुहरुको विश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् ।
उनले महानगर आफैंले पनि यसमा लगानी गर्ने बताएका छन् । उनले डबलीहरु पनि पुनर्स्थापना गर्ने घोषणा गरे ।