logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बञ्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने

    प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बञ्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने

    6.6K
    Shares

    काठमाडौ । नेपालकै उत्कृष्ट एड्भेन्चर हब ‘द क्लिफ’ प्रा लि ले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ । साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बञ्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा दस प्रतिशत नगद छुट प्राप्त गर्नेछन् ।

    प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।

    ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य ब्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

    आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend