logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राताम्मे देखियो सोमबारको सेयर बजार, ४९.३१ अंकले गिरावट

    राताम्मे देखियो सोमबारको सेयर बजार, ४९.३१ अंकले गिरावट

    4.2K
    Shares

    काठमाडौं । पछिलो समय निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार पनि गिरावट आएको छ । ४९.३१ अंकले घटेको बजार १८८४.८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो । सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९.३१ अंकले घटेको हो ।

    सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । आज १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लागेको छ ।

    सबैभन्दा धेरै विकासका लगानीकर्ताले गुमाए । घट्दो बजारमा समेत आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ७२१.९० पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर ५००.३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटेल्सको मूल्य ६ रुपैयाँ बढ्यो ।

    तेह्रथुम पावर कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यसको मूल्य ४२२.१० रुपैयाँमा झरेको छ । कालिका पावर कम्पनी, रिभर फल्स पावर, कर्णाली विकास बैंकसहितका कम्पनीको मूल्य समेत सर्किट लेवलमा झरेको छ । सोमबार प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend