logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री अथक

    योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री अथक

    3.8K
    Shares
    योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री अथक

     

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

    पछिल्लो समय विश्वभर योग संस्कृतीले ब्यापकता पाईरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतीसँग जोड्नुपर्ने बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए ।

    हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend