logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • तीतो सत्यका कलाकार राज र सुनिशाले कसे लगनगाँठो

    तीतो सत्यका कलाकार राज र सुनिशाले कसे लगनगाँठो

    3.6K
    Shares

    काठमाडौं । हाँस्य टेलिश्रृंखला तीतो सत्यमा बालकलाकारको भूमिकामा देखिएका राज आचार्य र अभिनेत्री सुनिशा बजगाईंले लगनगाँठो कसेका छन् ।

    निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फेसबुकमा विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘छोरो राज र बुहारी सुनिशालाई दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना ।’

    उनीहरूको विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत तिातोसत्यको टिम पुगेको थियो । केही समयदेखि प्रेममा रहेका राज र सुनिशाले ‘नजिक आउन तिमी’ बोलको गीतमा समेत अभिनय गरेका छन्।

    राज ‘तीतो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराका भूमिकामा देखिएका थिए। त्यस्तै, सुनिशा वेब सिरिज र म्यूजिक भिडिओमा व्यस्त छिन्। उनले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा अभिनय गरिसकेकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend