logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कल बाइपास सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    कल बाइपास सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    7K
    Shares
    कल बाइपास सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–२ मा कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवाका ३८ वर्षीय इरफान सुफियान खान छन् ।

    खानले वीरगन्जस्थित भाडाको घरमा इलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानुनी ढंगबाट राजस्व चुहावट गर्दै कल बाइपास सेन्टर सञ्चालन गरेको पाइएको छ ।

    साइबर ब्युरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल बाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेलापारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

    प्रहरीले उनको कोठाबाट ३२ पोर्टको भीओआईपी गेटवे एकथान, राउटर दुईथान, इन्भटर एकथान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान बरामद गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend