logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • हैजा नियन्त्रणका लागि छानबिन समिति गठन

    हैजा नियन्त्रणका लागि छानबिन समिति गठन

    3.6K
    Shares

    काठमाडौं । संघीय राजधानी काठमाडौंमै देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख बसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले जानकारी दिए ।

    ‘हैजाको केश जहाँ पत्ता लाग्छ । त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने काम गर्छ,’ अधिकारीले भने,’ कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम गरिन्छ ।’

    काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।

    उनले भने ‘चारवटा केसको ट्रेस भइसकेको र बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको छ । ल्याब रिपोर्ट आउन बाँकी छ ।’ बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend