logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गर्ने तीन जना पक्राउ

    म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गर्ने तीन जना पक्राउ

    3.9K
    Shares
    म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गर्ने तीन जना पक्राउ

    रुपन्देही । म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बैतडीको नागार्जुन गाउँपालिका वडा नं २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका– ११ का २६ वर्षीय हरिश भण्डारी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

    उनीहरुलाई बुटवल उपमहानगरपालिका– ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको थियो ।

    प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरु र एकथान प्रिन्टिङ मेसिन बरामद गरेको छ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend