logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • वर्गीकरण नगरी फोहोर फालेमा महानगरवासीसँग काठमाडौं महानगले पाच सय जरिवाना लिने

    वर्गीकरण नगरी फोहोर फालेमा महानगरवासीसँग काठमाडौं महानगले पाच सय जरिवाना लिने

    5.2K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ आर्थीक वर्षको पहिलो महिना साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरि फोहोर फालेमा कारबाही गर्ने भएको छ ।

    महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही स्वरुप ५ सय रुपैयाँ जरिवाना गरिने जनाएको हो ।

    स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । (जैविक) कुहिने र (अजैविक) नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ ।

    महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन संकलन गर्ने पनि सूचनामा जनाइएको छ । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर स्रोतमा नै छुट्याउन महानगरवासीलाई आह्वान गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend