logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बुढानीलकण्ठमा एक जना महिला मृत फेला, एक जना पक्राउ

    बुढानीलकण्ठमा एक जना महिला मृत फेला, एक जना पक्राउ

    6.2K
    Shares
    बुढानीलकण्ठमा एक जना महिला मृत फेला, एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक जना महिला मृत फेला परेकी छन् । बुढानीलकण्ठ नगरपालिका–३ की ४१ वर्षीया फूलमाया सुनार मृत भेटिएकी हुन् । नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालस्थित निर्माणाधीन घरमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    भित्री वस्त्र समेत च्यातिएको अवस्थामा बुधबार घरको भुइँतलामा उनको शव भेटिएको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    हत्या आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend