logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

    र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

    3.5K
    Shares
    र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

     

    काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ । बुधवार एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले बुधवार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी गराएको हो ।

    डिजिटल अडिसन २ जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्ने उल्लेख गरेको छ । निकेश खड्काले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । शोमा मानस घले र कवि जी निर्णायकको रूपमा रहनेछन् भने अर्का एक निर्णायक पनि छिटै नै घोषणा गर्ने निर्माण समूहले बताएको छ । कार्यक्रमको सहनिर्मातामा मनोज सापकोटा छन् भने कार्यक्रम सञ्चालन कोइन्च जीले गर्नेछन् । शो आगामी साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यकारी निर्माता पोखरेलले कार्यक्रम एउटा डिजिटल प्लेटफर्ममा राम्रो छाप छोड्न सफल भएको र राम्रो उत्पादन गर्न पनि सफल भएको बताए ।

    शोको विजेताले पाँच लाख रुपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend