logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • आउदो चुनावमा माओवादी देशको दोश्रो ठुलो दल बन्न सक्छ : प्रचण्ड

    आउदो चुनावमा माओवादी देशको दोश्रो ठुलो दल बन्न सक्छ : प्रचण्ड

    4.4K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओावदी केन्द्र प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा वामपन्थीको पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।

    स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए ।

    ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

    गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारेको प्रचण्डले बताए । गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’

    उनले साउन १५ भित्र जित्ने र लोकप्रिय व्यक्तिलाई उम्मेदवारको टिकट दिइसक्ने तयारी भइरहेको समेत उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend