काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न सरकारलाई आग्रह गरेका छन् । उनले बिहीबार संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई चाँडो नागरिकता विधेयक पारित गराउने आग्रह गरेका हुन् ।
‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता सहित पहिचानको खोजीमा छन्,’ उनले भने, ‘सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारितगरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु ।’
उनले संघीय निजामति विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म तहसनहस बनाएको समेत आरोप लगाए ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend