logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त

    वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त

    3.8K
    Shares

    काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।

    संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले वरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् ।

    सरकारले निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।

    पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् ।

    कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपंक्तिमा थिए ।

    राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकोमा आन्तरिकरूपमा सबैले सन्तुष्टि व्यक्त गरेका छन् । निगमको सुधारका लागि ज्वारचनले चाँडै नै आफ्नो योजना अघि सार्ने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend