logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग

    थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग

    3.1K
    Shares
    थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे । उनले टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारुहरुमाथि लगाइएको मुद्धा फिर्ता गर्न सरकार सँग माग गरे ।

    उनले भने– ‘टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकोले सो घटनामा थारु समुदायका साथीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता गरी फरार सुचिमा रहेकाहरुलाई उन्मुक्ति र राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछु ।’

    नेपाली कांग्रेसका सांसद सत्य नारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए ।

    उनले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend