logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजबाट चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

    आजबाट चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

    4.9K
    Shares
    आजबाट चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

    काठमाडौं । नेपाली चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो ।

    नायक सौगात मल्ल अभिनित कबड्डी ४ र दीपेन्द्र के खनाल निर्देशित फिल्म चिसो मान्छे हलमा प्रदर्शनी भइरहँदा घनचक्करले धेरै हलहरु भने पाउन सकेको छैन । प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंमा भएको प्रमियर शोमा फिल्मले सुखद् प्रतिक्रिया पाएको छ । फिल्ममा पैसाको चक्करमा लागेका युवाहरुको कथा समावेश गरिएको छ ।

    फिल्ममा सरोज खनाल, सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतका कलाकारको अभिनय छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेकोे फिल्ममा सुसन प्रजापतीले छायांकन गरेका छन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ । हरि भट्ट सूर्यनाथ प्रश्तुतकर्ता रहेको फिल्मको निर्माता करुना अर्याल र संगम भट्ट हुन् । कमेडी जनरामा निर्मित फिल्ममा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह–निर्माता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend