logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा वृद्धि

    निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा वृद्धि

    4.6K
    Shares
    निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा वृद्धि

    काठमाडौं । तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रवार भने सामान्य अंकले वृद्धि भएको छ । शुक्रवार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ ।

    शुक्रवार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ ।

    नेप्सेका १३ उपसूचकहरु मध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

    त्यस्तै शुक्रवार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ । तर यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend