logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

    चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

    7.5K
    Shares
    चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ ।

    रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भरेका छन् । त्यस्तै सिलान लम्सालले सम्पादन गरेको भिडयो दीपक वलीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् । गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकोले उत्कृष्ट रहेको बताए । भिडियोको सुटिङ ५ हजार २ सय मिटिरको उचाईमा भएको बताए । त्यस्तै मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउने बताइन् । त्यस्तै गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाएपनि पछि फिल्ममा हाल्ने कुराले उत्साहीत बनाएको बताए ।

    गायक ओडले फिल्ममा आएको आफ्नो पहिलो गीत नै ए मेरो हजुर भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend