logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अन्तिम एकदिवसीय खेलमा श्रीलंकाविरुद्व अष्ट्रेलियाको जित

    अन्तिम एकदिवसीय खेलमा श्रीलंकाविरुद्व अष्ट्रेलियाको जित

    4.3K
    Shares
    अन्तिम  एकदिवसीय खेलमा श्रीलंकाविरुद्व अष्ट्रेलियाको जित

    काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३–२ ले हरायो ।

    श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend