logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • क्यानडा भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

    क्यानडा भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

    1.6K
    SHARES
    क्यानडा भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

     



    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडा भ्रमणका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरेको टोलीमा पवन सर्राफले पुनरागमन गरेका छन् । वासिर अहमद पहिलोपटक टोलीमा समावेश भएका छन् ।

    नेपाली टोली आउँदो मंगलबार बिहान २ बजे क्यानडा जानेछ । क्यानडामा नेपालले दुई एकदिवसीय र एक अभ्यास खेल खेल्नेछ ।

    यसअघि, क्यानले क्यानडामा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय क्रिकेट खेल्ने जनाएको थियो । तर, आइतबार सार्वजनिक गरिएको नयाँ तालिकामा ट्वान्टी–२० अन्तर्राष्ट्रियको तालिका हटाइएको छ ।

    “हामीले स्कटल्यान्ड भ्रमणको तयारीका लागि यो क्यानडा भ्रमण गर्न लागेका हौँ । त्यसकारण हामीले क्यानडामा एकदिवसीय क्रिकेट मात्र खेल्ने भएका हौँ,” क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले भने ।

    नेपाली टोली यसअघि अमेरिकामा आईसीसी क्रिकट विश्वकप लिग–२ खेलेर फर्किएको थियो । अमेरिका भ्रमणमा रहेको टोलीमा क्यानले तीन खेलाडी परिवर्तन गरेको छ । अमेरिकामा १५ सदस्यीय टोली गएको थियो । क्यानडामा १४ सदस्यीय टोली जानेछ ।

    अमेरिका भ्रमणमा रहेका सुशन भारी, सागर ढकाल र सुनील धमला अहिलेको टोलीमा छैनन् । उनीहरूका स्थानमा पवन सर्राफ र वासिर अहमदलाई टोलीमा समावेश गरिएको छ ।

    नेपाली टोली
    सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो, पवन सर्राफ र वासिर अहमद ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend