logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • महाअभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

    महाअभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

    5.3K
    Shares

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा सर्वोच्चको अर्को’ भन्दै जनगुनासो बढेकाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन माग गरे ।

    “महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साक्षी प्रतिनिधिसभा बन्नु हुँदैन,” उनले भने, “आजै समितिमा लगी छानबिन र सुनुवाइ प्रक्रिया सुरु होस् ।”

    सांसद अधिकारीले महाअभियोग प्रस्ताव अघि नबढे संविधानको चरम दुरुपयोग भएको ठहर हुने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend