logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग

    तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग

    4.7K
    Shares
    तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग

    काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । आईतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    उनले काठमाडौं उपत्यका भित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताए । भट्टराईले मुलुकभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा ८० लाख विद्यार्थीहरु अध्ययन तथा अध्यापनबाट बञ्चित भएको बताए । उनले संसदमा शिक्षा मन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पु¥याउनु प्रतिवद्धता जनाएपनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए । भट्टराईले सबै विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा विद्यालयमा पढाई नै नभएको अवस्था भएकाले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे । उनले कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताव छपाई र वितरण गर्न दिँदा समयमा नै पुगेको तर ४ कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पु¥याउन नसकेको बताए ।

    उनले भने,‘ नयाँ शैक्षिक सत्र शुरु भएको आज एक महिना १३ दिन बितेको छ । अहिले माध्यमिक विद्यालयहरुमा करिव ८० लाख विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमध्ये ७५ प्रतिशत विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा अध्ययन गर्दछन् । बाँकी अन्य विद्यार्थीहरु निजी विद्यालयहरुमा अध्ययन गर्ने गरेका छन् । अहिले पनि पाठ्यपुस्तकको समस्या झेलिरहेका छौं । विगतका वर्षहरुमा पनि यो विषय उठाउँदै आएका थियौं । अहिले पनि त्यो समस्या यथावत छ । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्रमार्फत माध्यमिक तहको पाठ्यपुस्तक छपाई गर्ने गरेको छ । सरकारले दिएको छ । यो वर्ष कक्षा १ देखि ३ सम्मको निजी क्षेत्रबाट छपाई गर्ने र वितरण गर्ने जिम्मा दिएको छ । निजी क्षेत्रलाई वितरण गर्न दिएको कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक सबै स्थानमा पुगेका छन् । तर ४ कक्षा भन्दा माथिका पुस्तकहरु विद्यालयहरुमा पुग्न सकेका छैनन् । अहिले पनि ५० प्रतिशत पाठ्यपुस्तक विद्यालयहरुमा पुग्नसेकेका छैनन् । समयमा नै विद्यालयमा पुस्तक नपुग्दा अधिकांश विद्यालयहरुमा पढाईभएको छैन । पुस्तक नहुँदा शिक्षक तथा विद्यार्थीहरुले के आधारमा पढाइरहेका छन् । यस्तो समस्या ८० लाख विद्यार्थीहरुले भोग्नु परेको छ । अब चाँडै विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा हुँदैछ । परीक्षा के आधारमा हुन्छ र प्रश्न पत्र कसरी बनाइन्छ । के आधारमा मूल्याङ्कन गरिन्छ । शिक्षा मन्त्रीले असार १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने संसदमा बोल्नु भएको थियो । विद्यालयहरुमा ३० प्रतिशत भन्दा बढी पुस्तक पुगेका छैनन् । त्यस कारण सभामुखले नेपाल सरकारले आवश्यक निर्देशन गर्न माग गर्दछु ।¬’

    सांसद भट्टराईले अब केही समयमा विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा हुनुपर्ने भएपनि अहिलेसम्म पाठ्यपुस्तक नपुगेर अध्ययन अध्यापन शुरु नभएको कारण परीक्षाको प्रश्न र मूल्याङ्कन गर्न समेत समस्या देखिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend