logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • एमालेको अवरोधका कारण वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

    एमालेको अवरोधका कारण वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

    3.7K
    Shares
    एमालेको अवरोधका कारण वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

    मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशसभा बैठकमा अवरुद्ध गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकमा धेरै स्थानमा दोहोरिएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध सिर्जना गरेको हो ।

    प्रदेशसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर प्रदेशसभा बैठक स्थगितको माग राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय सदनलाई जानकारी गराएका थिए । उनले पार्टीको धारणा राखेसँगै सभामुख श्रेष्ठले प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend