logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रपति प्रधानमन्त्रीका लागि महल बनाउँदा गरिवको झुपडी सम्झिउँ : मन्त्री चौधरी

    राष्ट्रपति प्रधानमन्त्रीका लागि महल बनाउँदा गरिवको झुपडी सम्झिउँ : मन्त्री चौधरी

    6.9K
    Shares
    राष्ट्रपति प्रधानमन्त्रीका लागि महल बनाउँदा गरिवको झुपडी सम्झिउँ : मन्त्री चौधरी

    काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रपति प्रधानमन्त्रीका लागि महल बनाउँदा गरिवको झुपडी पनि स्मरण गर्न निर्देशन दिएका छन् । सोमवार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीको भवन बनाउँदा तल्लो तहको गरिवलाई सम्झिनुपर्ने बताए ।

    ‘इलाममा एउटा कामी दाई पनि छ अथवा दाङ्गको एउटा कुनामा चौधरी भाई नि छ आज पनि हजार रुपैंया नपाउँदा साउन भदौ आउँदा घर चुहिएर रातभरी नसुतेको कयौं जनता पनि छन् भनेर सिंहदरबारले सम्झिनुर्यो ।’ उनले भने ।

    सबैभन्दा कमजोर वर्गलाई उठायौँ भने मात्र मुलुकको समृद्धि हुने उनको भनाई छ । एउटा इलामको सबैभन्दा कमोजोर मान्छे वा डोटीको सबैभन्दा गरीव मान्छे वा हिमालपारीका सयौं वर्षसम्म टिनको छाना लगाउन नसकेका जनताको विषयमा पनि ध्यान दिन उनले निर्देशन दिए ।

    त्यस्तै मन्त्री चौधरीले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्दै सबैले आफ्नो ठाउँबाट सकेजति देश विकासमा योगदान गर्नुपर्ने बताए ।

    नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको उनले बताए ।

    ‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ ।’ उनले भने ‘कर्मचारीको बारेमा त के भनौँ र तर हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ । कुनैपनि व्यक्तिले स्ट्रोङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन ।

    हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला । यो तरिकाले त मुलुक बन्दैन रहेछ नि । देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔं ।’

    मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए । उनले मन्त्रीहरुले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend