logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

    पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

    5.3K
    Shares
    पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

    काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

    उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गा माटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

    त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड स्थित बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटकपटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ भने बेँसीशहर–चामे सडक ६५ किलोमिटर रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend