काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
त्यस्तै, नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend