logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुरमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

    ललितपुरमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

    3.4K
    Shares
    ललितपुरमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

     

    ललितपुर । ललितपुरमा पेस्तोल र सोको गोलीसहित एक जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend