logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

    एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

    2.9K
    Shares
    एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शर्माले यस्तो बताएका हुन् ।

    उनले ४÷५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए । सदस्य शर्माले ३÷४ महिनामा पालो पर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए ।

    उनले यस किसिमका पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताए । सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताए ।

    उनले भने, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३÷६ महिनामा पालो पु¥याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहीत गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन । मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दापनि राज्यसत्ता कसरी सञ्चालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ ।’

    केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend