logo

२०७९ साउन २८ शनिबार

logo
  • शनिबार, २८ साउन २०७९
  • युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

    युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

    1.9K
    SHARES
    युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

    भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।



    युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उनको भनाइ थियो ।

    भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend