logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पैदल हिँडेका चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट

    पैदल हिँडेका चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट

    5.5K
    Shares
    पैदल हिँडेका चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट

    ललितपुर । ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । राति पौने ९ बजेतिर चेकिङमा रहेका जवानले ‘किन ढेसिएर हिँडेको ?’ भनेर डाक्टरलाई आक्रमण गरेका हुन् ।

    सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् । पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend