logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से परिसूचक ११.८२ अंकले गिरावट

    नेप्से परिसूचक ११.८२ अंकले गिरावट

    4.4K
    Shares
    नेप्से परिसूचक ११.८२ अंकले गिरावट

    काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।

    मंगलवार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

    मंगलवार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवारको तुलनामा मंगलवार नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । सोमवार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

    नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरुका शयरधनीले शेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend