logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एसपीपी मेरो समयमा ल्याइएको भनेर प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्: अध्यक्ष ओली

    एसपीपी मेरो समयमा ल्याइएको भनेर प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्: अध्यक्ष ओली

    5.2K
    Shares
    एसपीपी मेरो समयमा ल्याइएको भनेर प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्: अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफ्नो समयमा ल्याइएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेको बताएका छन्। मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डको नामै नलिइ यस्तो टिप्पणी गरेका हुन्। ‘राष्ट्रियताको सवाललाई मानिसले यस्तो सस्तो बनाएका छन्,’ उनले भने, ‘एकजना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो।’

    केपी ओलीको समयमा एसपीपी आएको, तर आफूले रोकेको भनेर ९प्रचण्डले० राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ढाँटिरहेको ओलीले उल्लेख गरे। ‘अन्तर्राष्ट्रिय रुपमा र राष्ट्रिय रुपमा ढाँटिरहेका छन्। केपी ओलीको समयमा ल्याएको थियो, मैले भूमिका खेलेर रोकियो भनेर भनिरहेका छन,’ ओलीले भने, ‘योभन्दा ढाट कुरो, फट्याइँ कुरो के हुन्छ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend