logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम

    पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम

    2.3K
    SHARES
    पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम

     



    काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताएका हुन् ।

    उनले आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । उनले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गरे । उनले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे । सदस्य गौतमले पार्टीमा नातेदारहरुलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे ।

    उनले कुनैपनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहेपनि पार्टी नै कम्युनिष्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताए । उनले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताउनु भयो । सदस्य गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको बताए ।

    उनले भने, ‘पदमा रहन र परिवारका सदस्य आफ्नै पार्टीमा राखेको भन्ने विषय सत्य होइनन् । केन्द्रिय कमिटीमा पनि हुनुहुन्छ, मेरा छोरा र श्रीमती । तर मेरो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा छ । मेरा सबै सन्तान, आफन्त आन्दोलनमा लागेका छन् । आज होइन, कठिन परिस्थितिमा । मैले धेरै कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु, मैले जग हालेको ठाउँमा आज धेरै ठूला नेता पैदा हुनुभएको छ । मैले कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्नको लागि लगाएको छैन । आज म जुन आन्दोलनका लागि लडेँ, जीवन बिताएँ, त्यही आन्दोलन आज धराशायी हुँँदैछ । जसले सूर्य देख्छ त्यसैले संसार पहिला उज्यालो देख्छ, मैले देखेँ । अब म चुप लागेर बस्नु हुन्न । कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै शुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिन सक्ने भयो । गएको निर्वाचनमा नेकपा एमालेबिरुद्ध ५ दलीय गठबन्धन लाग्यो । त्यसको परिणाम तपाईहरुले देख्नुभएको छ, मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौँ व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन् । म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो । म जहाँ जहाँ सामेल भएको छु, इमान्दारी र बलिदानी भावनासाथ निःस्वार्थ भावनाकासाथ काम गरेको छु । मेरा छोराछोरी, श्रीमतीले राजनीतिमा आउनु हुँदैन र ? यो उनीहरुको स्वतन्त्र अधिकार हो । त्यसैले यस्ता कुरा नगरौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend