logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव छ: वामदेव गौतम

    कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव छ: वामदेव गौतम

    1.5K
    SHARES
    कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव छ: वामदेव गौतम

     



    काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्ठट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताएका हुन् ।

    उनले आगामी ५ वर्ष नेपाली काँग्रेसले गठबन्धन गरेर अघि बढेपनि त्यसपछिका दिनमा काँग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको बताए ।

    सदस्य गौतमले भने, ‘अब केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ, यदी एकता वा कार्यगत एकता कम्युनिष्टहरुले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली काँग्रेसले गठबन्धनबाट, नभएपनि सबैभन्दा ठूलो पार्टीको रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ । ५ वर्षसम्म नेपाली काँग्रेसको मातहतमा सबै रहनेछ र दोस्रो निर्वाचनमा नेपाली काँग्रेसलाई गठबन्धनको आवश्यक्ता पर्नेछैन ।’

    सदस्य गौतमले नेपाली काँग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाए । उनले एकीकृत भएको कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गरे । उनले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरी करिव ५/१० वटा संगठनहरु आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend