logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक: सह–महामन्त्री परियार

    संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक: सह–महामन्त्री परियार

    2.3K
    Shares
    संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक: सह–महामन्त्री परियार

    काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले संघीयता बिरोधीहरुले संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक भइसकेको बताए । उनले संघीयतामार्फत सुशासन र तिव्र आर्थिक विकास दिन खोजिएको उल्लेख गर्दै त्यसो गर्न नसकेमा संघीयताको मर्मबाट वञ्चित हुने बताए ।

    उनले भने– ‘संघीयता चाहिँदैन भन्नेहरु पनि संघीयता कार्यान्वयनको पक्षमा भाग लिइसक्नुभएको अवस्था छ । चाहिदैन भन्ने दलहरुले, व्यक्तिहरुले पनि संघीयतामा भाग लिइसकेको अवस्था भएको हुनाले अब यो संघीयता चाहिँदैन भन्ने विषय असान्दर्भिक भयो कि भन्ने लाग्छ मलाई । संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ । संघीयता मार्फत हामीले दिन खोजेको सुशासन र तीब्र आर्थिक विकास हो । दुईवटा कुरालाई बिर्सियौँ भने संघीयताको मर्मबाट हामी वञ्चित हुन्छौँ भन्ने लाग्छ ।’

    उनले प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय कसैको प्राथमिकतामा नपरेको बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा उनले जोड दिए । उनले संघीयता सफल बनाउन प्रदेश सरकारले स्पष्ट आर्थिक मार्गचित्र दिनुपर्ने पनि बताए । साथै प्रदेश सरकारले नीजि क्षेत्र र सहकारी क्षेत्रलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend