logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुई तहको संघीय संरचना बनाउनुपर्छ: देव गुरुङ

    दुई तहको संघीय संरचना बनाउनुपर्छ: देव गुरुङ

    6.3K
    Shares
    दुई तहको संघीय संरचना बनाउनुपर्छ: देव गुरुङ

    काठमाडांैं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका हुन् ।

    उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रुपमा प्रयोग गर्न खोजिएको बताए । उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने बताए । सोही अनुरुपको क्षेत्राधिकारहरुको बाँडफाँड हुनु जरुरी रहेको उनको भनाई छ ।

    उनले भने– ‘संविधानमा गम्भिर प्रकारको समस्या छ । वास्तविक रुपमा संघीयताको रुपमा यो संविधान जारी भएको छैन । सम्झौताको रुपमा जारी भएको संविधान भएको हुनाले नाम चाहीँ संघीयताको नाम दिइएको छ । केही भौगोलिक प्रकारको संघीयताको परिकल्पना गरिएको छ । केही क्षेत्राधिकारको बाँडफाँडको परिकल्पना गरिएको छ । त्यही भौगोलिक प्रकारको संघीयता पनि प्रभावकारी ढंगले कार्यान्वयन भएको छैन । तीनवटा तहको जुन संरचना बनाइएको छ, तिनवटा तहको संरचना यो संघीय संरचना हो भन्ने लाग्दैन । कता कता यसलाई प्रशासनिक इकाइको रुपमा, एउटै एकात्मक प्रणाली अन्तर्गतको प्रशासनिक इकाइको रुपमा प्रयोग गर्न खोजिएको देखिन्छ । संघीयता रियल अर्थमा भन्ने हो भने के हुन्छ भन्दा दुईवटा तह भन्दा तेस्रो तह बनाउने विषय हुँदैन । स्थानीय तह प्रदेशको मातहतमा सञ्चालन गर्नुपर्ने विषय हो भन्ने लाग्छ । अहिलेको तीनवटा तहको परिकल्पनाबाट जाने हो भने प्रदेशको कुनै अर्थ र औचित्य छैन । त्यसो भएको हुनाले क्षेत्राधिकारहरुको बाँडफाड हुनु जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend