logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरु र नेताहरु नै हुनुपर्छ: विन्दा पाण्डे

    संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरु र नेताहरु नै हुनुपर्छ: विन्दा पाण्डे

    4.5K
    Shares
    संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरु र नेताहरु नै हुनुपर्छ: विन्दा पाण्डे

    काठमाडौं । नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरु र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरु र नेता नै हुनुपर्ने बताएकी हुन् ।

    नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्लेख गर्दै उनले संघीयताको कार्यान्वयन भएन भनेर राज्यका अन्य निकायलाई प्रश्न गर्न नमिल्ने बताइन् । उनले संघीयताको अभ्यास राजनीतिक पार्टीहरुबाट शुरु गरे राज्यका निकायहरुले पनि शुरु गर्ने बताइन् ।

    उनले भनिन्– ‘पालिका छ, प्रदेश छ, संविधानले तीनवटा सूची पनि बनाएको छ । फलानो ठाउँमा पोखरी पनि म बनाइदिन्छु । बाटो पनि म बनाइदिन्छु । पुल पनि बनाइदिन्छु भनेर भोट माग्ने हाम्रै पार्टी होइनन् र ? अनि संघीयता कार्यान्वयन भएन भनेर अरुलाई, कर्मचारीलाई, शिक्षकलाई, प्रहरीलाई, सेनालाई हामीले किन प्रश्न गर्ने ? त्यसैले प्रश्न हामीले पहिले आफूलाई गर्नुपर्छ कि भन्ने मलाइ लागेको कुरा हो । सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थाले पछाडी अरु संरचना चलाउने त्यही संरचनाले हो । आफू रुपान्तरित भयो । आफू प्रणालीसम्मत भएर चल्न थाल्यो भनेदेखि त्यसपछि राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ जस्तो लाग्छ ।’

    उनले राज्यले र राजनीतिक पार्टीहरुले जनप्रतिनिधिहरुलाई संघीय प्रणालीको सम्बन्धमा प्रशिक्षित गर्नुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend