logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन अध्यक्ष ओलीले दिए सरकारलाई चुनौती

    एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन अध्यक्ष ओलीले दिए सरकारलाई चुनौती

    5.6K
    Shares
    एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन अध्यक्ष ओलीले दिए सरकारलाई चुनौती

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् । मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् ।

    अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताए । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताए । उनले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताए । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए ।

    उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताए । अध्यक्ष ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए । उनले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताए । अध्यक्ष ओलीले अध्यक्ष दाहालले गर्नु हुने र नहुने सबैकाम सरकारमा रहेर गरिरहेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिए । उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोईरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend