logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल लोकस्टारको दोश्रो सिजन साउन अन्तिमबाट सुरु

    नेपाल लोकस्टारको दोश्रो सिजन साउन अन्तिमबाट सुरु

    9.4K
    Shares

    काठमाडौं । नेपालको मौलिक लोक, संगीतमा आधारित रियालिटी शो ‘नेपाल लोकस्टार २’ साउन अन्तिम साताबाट सुरु हुने भएको छ ।

    बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि आगामी साउन अन्तिमबाट नेपाल लोकस्टारको दोश्रो सिजन सुरु हुने जानकारी दिएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ शैलीमा ल्याउने आयोजकले गयारी गरिरहेको छ ।

    शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ ।शोको  निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए ।

    गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्ने बताए । उनले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताए । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् ।

    तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रा प्रतिभालाई प्रोत्साहन गर्ने उनको भनाई छ ।
    शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend