logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जी.पी. कोईराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

    जी.पी. कोईराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

    3.2K
    Shares
    जी.पी. कोईराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोईराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।

    उनले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोईराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताइन् । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताइन् । उनले जी.पी. कोईराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरिन् । मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताइन् ।

    उनले भनिन्, ‘अब एउटा जीपी कोईराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरुको नाममा छन् । तर जीपी कोईराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतिक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोईरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रुपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोईरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौं विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिष्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिष्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कजेल कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिष्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’

    मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी.पी. कोईराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend