logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चुइगम पड्काएरै सके नेपालीले ४१ करोड !

    चुइगम पड्काएरै सके नेपालीले ४१ करोड !

    2.4K
    Shares
    चुइगम पड्काएरै सके नेपालीले ४१ करोड !

    काठमाडौं । न त छाक टर्ने न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ ।

    स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मिहिनेत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो, चुइगम आयातको तथ्यांक ।

    विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइजस्तै ‘मुखको तितो मेट्न’का लागि चपाइने त्यस्ता वस्तुको आयातका लागि मात्र झन्डै ४१ करोड रुपैयाँबराबरको लगानी गरिएको छ । विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ ।

    नेपालमा विशेषगरी चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै, यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार रुपैयाँबराबरको रकम बाहिरिएको छ ।

    ११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै, कुरकुरे, कुरमुरे, लेज, चिजबल्सजस्ता खानेकुराको आयात समेत करोडौँमा हुने गरेको छ । ती खाद्यपदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर, जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend