logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ऐन संशोधन गरेरै अपार्टमेन्टको सम्पत्ति कर घटायो काठमाडौं महानगरले

    ऐन संशोधन गरेरै अपार्टमेन्टको सम्पत्ति कर घटायो काठमाडौं महानगरले

    2K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अपार्टमेन्टहरुले तिर्नुपर्ने एकीकृत सम्पत्ति करको दरमा हेरफेर गरेको छ । महानगर राजस्व ऐन २०७५ ले गरेको व्यवस्थाका कारण अपार्टमेन्ट खरिद गरेर बस्नेहरुका लागि बढी कर तिर्नुपर्ने अवस्था आएपछि महानगरपालिकाले ऐन संशोधन गरेरै कर को दर घटाएको हो ।

    सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरपालिकाले अब अपार्टमेन्टले ओगटेको क्षेत्रफल बराबरकै अनुपातमा कर तिर्दा हुने बताए ।

    ‘यसअघि अपार्टमेन्टले ओगटेको क्षेत्रफलको दोब्बर मानेर कर निर्धारण हुन्थ्यो,’ उनले भने, ‘अब अपार्टमेन्टले ओगटे बराबरकै क्षेत्रफललाई आधार बनाएर कर तिर्दा हुन्छ । यसअघि १२ सय बर्गफुटको अपार्टमेन्टले करिब २४ सय बर्गफुटको कर तिर्थे, अब १२ सयकै हाराहारी तिर्दा हुने गरिएको हो ।’

    उनका अनुसार महानगरपालिका, नेपाल सरकार, प्रदशे सरकार मातहतका सरकारी निकाय, समाजिक तथा धाार्मिक संघ संस्थाले एकीकृत सम्पत्ति कर तिर्नुनपर्ने महानगरपालिकाले व्यवस्था गरेको छ ।

    ‘यस्ता संस्थाले आफ्ना सम्पत्ति आय आर्जनका लागि भाडामा लगाएको भए आम्दानीको अनुपातमा ती सम्पत्तिको कर तिर्नुपर्ने गरी व्यवस्था भएको छ’ उनले भने ।

    त्यस्ता सार्वजनिक सम्पत्तिबारे महानगरको प्राविधिक टोलीले अध्ययन गरेर कर निर्क्योल गर्ने व्यवस्था गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend