logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • निरन्तर ओरोलो लाग्दै सुनको मुल्यः आजको कारोबार कतिमा ?

    निरन्तर ओरोलो लाग्दै सुनको मुल्यः आजको कारोबार कतिमा ?

    6.8K
    Shares

    काठमाडौं । सुनको मुल्यमा आज मंगलबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    सोमबार तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले जनाएको छ । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।

    जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ छ ।

    यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend