काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखे लगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका हुन् ।
एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी, खोटाङ भनेर आएको नाम महाप्रसाद अधिकारी नै रहेको उनीहरूको दाबी छ । राष्ट्रबैंक ऐन बमोजिम कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति गभर्नर हुन नपाउने शर्माले बताइन् ।