logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • राजनीतिक दलमा पार्टीको भक्ति गर्ने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैनः नेता भुसाल

    राजनीतिक दलमा पार्टीको भक्ति गर्ने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैनः नेता भुसाल

    7.5K
    Shares
    राजनीतिक दलमा पार्टीको भक्ति गर्ने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैनः नेता भुसाल

     

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरुमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरु सुध्रिनुको विकल्प नरहेको उल्लेख गरे । नेता भुसालले नेपाली काँग्रेसले वि.सं. २०१२ सालतिरको बिपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सिमित रहेको बताए । उनले कुनैपनि दलले नारा ल्याएपनि कसरी बनाउने भन्ने योजना पुष्टि गर्न नसकेको बताए । उनले नेपालमा कुनैपनि पार्टीले बनाएर नाराहरु वैज्ञानिक नरहेको दाबी गरे ।

    उनले भने, ‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहियो । खराब पार्टीहरु भएको मुलुकको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हो । काँग्रेसमा २०१२ सालतिर प्रजातान्त्रिक वैज्ञानिक समाजवाद भन्नुभयो, अब अहिले त्यो कसरी हुन्छ भन्ने कुरा कुनै काँग्रेसीले भन्दैनन् । हामी एमालेवालाहरुले समृद्ध नेपाल, सुखी नेपाली भनेका छौँ । त्यो कसरी आउँछ भन्ने कुरा कहिल्यै भन्दैनौँ । प्रचण्ड कमरेडले अस्ति दस्ताबेजमा २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद । नेपालको यस्तै केही भन्नुभयो । त्यो कसरी आउँछ उहाँले भन्नुहुन्न । हाम्रो एकीकृत समाजवादी छ, यात्रा समृद्धिको लक्ष्य समाजवादको कसरी आउँछ, परीक्षण गर्नसक्ने गरेर भन्देउ न । यी पार्टीले बनाएका कुरा नै वैज्ञानिक छैनन् । अनि मुलुक कता जान्छ ? राजनीतिमा भएका टाठाबाठाको चेतना वैज्ञानिक छैन । माथिको रुलिङ क्लासले गाडी र सारीवाला क्लाससँग लगनगाँठो जोड्छ र राष्ट्र दोहन गरेर बस्छ, साइन्स मर्छ, ज्ञान मर्छ, चेतना मर्छ । हामीलाई पार्टीको भक्ति गर्ने मान्छे पार्टीमा चाहिएको छ, अनि हामी कल्पना गर्छौं वैज्ञानिक चेतनाको । ती मान्छेहरु सत्तामा गएर वैज्ञानिक चेतना आउँछ ? आउँदैन ।’

    नेता भुसालले पुँजीपति वर्गसँगको साँठगाँठमा नै नेतृत्व वर्ग रहेसम्म देशमा वैज्ञानिक समाजको परिक्ल्पना हुन नसक्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend