logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँः अर्जुननरसिंह केसी

    पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँः अर्जुननरसिंह केसी

    3.7K
    Shares
    पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँः अर्जुननरसिंह केसी

    काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाएका छन् । बिहीवार केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् ।

    उनले नीति निर्णयको प्रक्रियामा न्यायेचिन साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताए । उनले आफूसँग महाधिवेशमा पराजित डा. शेखर कोईरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताए । पदाधिकारीहरु बोलाएर गुटको भेला गरेको प्रश्नमा उहाँले पार्टी केन्द्रिय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताए । नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताए । उनले देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रुपमा नेपाल फसेको बताए ।

    नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका बिरुद्ध उत्रिएको काँग्रेसले अहिले पुनः सोही कार्य दोहो¥याएको बताए । उनले देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुप¥यो भन्दै प्रश्न गरे । उनले देशमा अहिले भ्रष्टाचारको महामरी रहेको दाबी गरे ।

    उनले भने, ‘पार्टी भित्रको आन्तरिक व्यवस्थापन हो पहिलो कुरा । सकेसम्म विधिसम्मत, प्रक्रियागत र सबैलाई समेटेर वृहत एकता अहिलेको ठूलो आवश्यक्ता हो । हामी पार्टीमात्र होइन, लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर हामी उन्मुख छौँ । देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको छ । एकातिर अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रमा बिस्तारै यो भूभाग विकसित हुँदैछ । चीन र अमेरिकाबीचको द्वन्द्वमा नेपाली भूभाग केन्द्रित भइरहेको छ । ओलीको अधिनायकवादको स्थितिमा पनि लोकतन्त्र पुनः स्थापित गर्न र संविधानको रक्षा गर्न फेरि नपाली काँग्रेसकै नेतृत्वमा सरकार गठन भयो । तर त्यो बेलामा हामीले ओलीले सम्पूर्ण शक्ति केन्द्रिकृत गरेर राखेकोमा हामीले बिरोध गरेका थियौँ । अहिले फेरि त्यही यथावत हामीले राख्नु औचित्य छैन । हामीले बिरोध गरेको संविधान परिषद् ऐनलाई फेरि किन परिवर्तन गरेको हो ? जे पहिला छ त्यसैलाई पुनः स्थापित गर्नुपर्छ नैतिक दृष्टिकोणले । विदेशी ऋणलाई अनुत्पादक क्षेत्रमा प्रयोग गरिरहेका छौँ । अहिले हामीले ८४ करोडको हतियार किन्ने कारण के छ ? कोसँग लड्नु छ ? देशमा अहिले भ्रष्टाचारको महामारी फैलिएको छ । अन्तर्राष्ट्रिय द्वन्द्वको पासोमा देश गएको छ । बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । पहिला त रामचन्द्र जीलाई थियो । सबैलाई सम्मान गरौँ । पदाधिकारीले गुट भेला गरेको भनियो । पहिला आफू हुँदा के गर्नुभएको थियो । अहिले पदाधिकारी ल्याएर बैठक बस्यो त के ठूलो कुरा भयो ? सबैलाई समेट्ने काम गर्नुहोस् गुटको भेला हुँदैन । अल्पमतलाई पनि समेटेर जानुपर्छ । सहमति, एकता, मेलमिलाप गर्ने भनेको आत्मसमर्पण गर्ने होइन, नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी आवश्यक छ ।’

    नेता केसीले सहमति, एकता, मेलमिलाप गर्नु आत्मसमर्पण गर्ने नभएको उल्लेख गर्दै नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी गर्न सभापति देउवाको ध्यानाकर्षण गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend