logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भयोः ओनसरी घर्ती

    उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भयोः ओनसरी घर्ती

    6.1K
    Shares
    उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भयोः ओनसरी घर्ती

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गरेकी छन् । शुक्रबार उपसभामुखमा काँग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाई राखेकी हुन् ।

    प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित भएको बताइन् । उनले भनिन्, ‘संविधानमा व्यवस्था भए अनुसारनै यो निर्वाचन भएको छ । अलग दल र फरक लिंग भन्ने संविधानको भावनामा नै टेकेर उपसभामुख निर्वाचित हुनु भएको हो । यो छिटो हुनुपर्दथ्यो भन्ने मेरो पनि मान्यता थियो’

    सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend